Rule 14
जाँचबुझ वा निरीक्षण गर्दा अपनाउनु पर्ने विधि
(१) कुनै पदार्थ वा प्रक्रियाको गुणस्तर सम्बन्धी जाँचबुझ वा निरीक्षण गर्न जाँदा सम्बन्धित पदार्थ उत्पादन गरिने ठाउँ प्रक्रिया चालु रहेको ठाउँ, सेवा प्रदान गरिने ठाउँ, कार्यशाला वा गुण नियन्त्रण एवं परीक्षण गरिने ठाउँ वा त्यस्तो पदार्थ वा त्यस्तो पदार्थ सम्बन्धी कोरा वा तयारी माल राखिने गोदाम आदिमा प्रवेश गर्न सक्नेछ । त्यसरी प्रवेश गर्नु भन्दा अगावै निरीक्षकले दरखास्तवाला वा इजाजतपत्रवालालाई आफूले जाँचबुझ वा निरीक्षण गर्न चाहेको कुराको जानकारी दिनु पर्नेछ ।
(२) निरीक्षकले जाँचबुझ वा निरीक्षणको सिलसिलामा गुणस्तर प्रमाण–चिन्ह वा प्रमाणपत्र प्रयोग गरिएको कुनै पदार्थ वा त्यस पदार्थ सम्बन्धी कोरा वा तयारी माल इत्यादीको नमूना लिंदा दरखास्तवाला वा इजाजतपत्रवालाको उपस्थितिमा लिनु पर्नेछ । (३) निरीक्षकले दरखास्तवाला वा इजाजतपत्रवालालाई उपनियम (२) बमोजिम नमूना लिएको पदार्थको नाम, परिमाण र अवस्था समेत खुलाई त्यसको रसीद दिनु पर्नेछ ।
(४) निरीक्षकले परिषद्द्वारा मान्यता प्राप्त सरकारी वा गैर सरकारी प्रयोगशालाबाट उपनियम (२) बमोजिम नमूना लिएको पदार्थको गुणस्तर परीक्षण गराउन सक्नेछ ।
(५) निरीक्षकले आफूले गरेको जाँचबुझ वा निरीक्षणको नतीजा र कुनै सुझाव भए सो समेत प्रष्ट खुलाई कार्यालयमा प्रतिवेदन दिनु पर्नेछ ।